- एजेन्सी । कोरोना भाईरसको कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल यसै महिनाबाट सुचारु हुने भएको छ ।
जर्मनीका चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेस लिगा यसै महिनाबाट सुचारु हुने पुष्टि गरेकी छिन् ।
सरकारबाट अनुमति पाएसँगै जर्मन फुटबल लिगले बिहिबार मिति घोषणा गर्ने बताईएको छ ।
तर, लिगका बाँकी खेल बन्द रंगशालामा दर्शक बिना खेलाईने छ ।
कोरोनाले महामारीको रुप लिएपछि गत मार्चबाट जर्मनीको लिग स्थगित गरिएको थियो । महामारी कम हुँदै गएपछि लिग पुन: सुचारु गर्ने तयारी गरिएको हो ।
यस सँगै कोरोनाले स्थगित लिग सुचारु हुने बुन्डेस लिगा पहिलो लिग हुने भएको छ ।
यस सिजन वायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ । वायर्नले ५५ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्ड ५१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
कोरोनाको कारण जर्मनीमा ६ हजार बढीको मृत्यु भईसकेको छ ।
कोरोनाकै कारण जर्मनीको छिमेकी देश नेदरल्यान्ड्स र फ्रान्सको शीर्ष डिभिजन लिग रद्द भईसकेको छ ।