एजेन्सी । लिग म्यानेजर्स एसोसियसन (एलएमए) का प्रमुख कार्यकारी रिचार्ड बेभानले क्लबहरु तटस्थ मैदान (न्युट्रल भेन्यु) मा खेल्न नमाने इंग्लिस प्रिमियर लिग रद्द हुने बताएका छन् ।
बीबीसी रेडियोसँग कुरा गर्दै रिचार्डले न्युट्रल भेन्युमा खेल नखेलिए लिग रद्द हुने बताए ।
क्लबहरु न्युट्रल भेन्युमा खेल्न नमाने लिग रद्द हुने सम्भावना छ भन्ने प्रश्नमा रिचार्डले भने, 'पक्कै पनि मेरो विचारमा त्यहिँ हुनेछ ।'
कोरोना भाईरसको महामारीको कारण प्रिमियर लिग गत मार्च १३ बाट स्थगित गरिएको छ ।
पछिल्लो समय प्रिमियर लिगले न्युट्रल भेन्युमा खेल खेलाएर सिजनको बाँकी लिग सक्ने तयारी गरेको छ ।
प्रिमियर लिग क्लबले यस सिजन सुचारुको अनुमानित मिति जुन १२ लाई राखेको छ । तर, अब सरकारले बनाउने लकडाउन नीतिमा भर पर्ने बताईएको छ ।
यस्तै रिचार्डले प्रिमियर लिग सुचारुको मिति आफ्नो पक्षमा नरहेको बताए ।
'समय हाम्रो पक्षमा छैन र प्रशिक्षण चाँडै नै हुनु आवश्यक छ । यदि लिग जुन १२ बाट सुचारुको लागि,' उनले भने ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।