एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कोरोना भाईरसविरुद्ध लडिरहेको एक परोपकारी संस्थालाई आर्थिक सहयोग गरेको छ ।
पीएसजीले परोपकारी संस्था एक्सन अगेन्ट्स हंगरलाई १ लाख युरो आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोगले संस्थाले कोरोनाविरुद्ध लडिरहेको कर्मचारी र स्वयंसेवकहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण किन्ने छन् ।
यस्तै संस्थाले अहिले पीएसजीको मैदान प्रयोग गरिरहेको छ ।
पीएसजीले यस अघि पनि पेरिसको विभिन्न समुदायलाई सहयोग गर्दै आइरहेको छ ।
कोरोनाको कारण फ्रेन्च लिग रद्द भएको छ । लिग रद्द भएसँगै पीएसजीलाई च्याम्पियन बनाउने तयारी गरिएको छ ।
कोरोनाको कारण फ्रान्समा २५ हजार बढी मानिसको मृत्यु भईसकेको छ ।