एजेन्सी । कोरोना भाईरसको महामारीको कारण अफ्रिकी मुलुक इथोपियाले यस सिजनको सम्पूर्ण फुटबल लिग रद्द गरेको छ ।
इथोपिया फुटबल फेडेरेसनले कोरोनाको कारण शीर्ष डिभिजनको इथोपियन प्रिमियर लिगसहित सम्पूर्ण लिग रद्द गरिएको जनाएको छ ।
भिडियो च्याटको सहायताबाट क्लब र आयोजकसँगको छलफलपछि सम्पूर्ण फुटबल रद्द गरिएको फेडेरेसनले जनाएको छ ।
'देश आपतकालिन अवस्था र कोरोना प्रकोपको अप्रत्याशित अवस्थालाई ध्यानमा राख्दै हामीले यस वर्षका सबै लिग खेलहरू रद्द गर्ने निर्णय गरेका छौं,' फेडेरेसनले भनेको छ ।
लिग रद्द गरिएसँगै यस सिजन क्लब बढुवा र घुटुवा हुने छैनन् । यस सिजन फासिल केनेमा शीर्ष स्थानमा रहेको थियो ।
आगामी सिजन काफ च्याम्पियन्स लिग र कन्फडेरेसन कपमा इथोपियाको सहभागिता हुने छैन ।
इथोपियामा कोरोना संक्रमितको संख्या १ सय ४० जना रहेको छ ।