एजेन्सी । कोरोना भाईरसको कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल सुचारुको मिति बुधबार तय हुने भएको छ ।
जर्मनीका चान्सलर एन्जेला मर्केलले बुधबार औपचारिक रुपमा फुटबल सुचारुको मिति घोषणा गर्ने बताईएको छ ।
फुटबलसँगै अन्य महत्वपूर्ण विषयमा पनि मर्केलले घोषणा गर्ने स्काई स्पोर्ट्सले जनाएको छ ।
कोरोनाले महामारीको रुप लिएपछि गत मार्चबाट जर्मनीको लिग स्थगित गरिएको थियो । महामारी कम हुँदै गएपछि लिग पुन: सुचारु गर्ने तयारी गरिएको हो ।
कोरोनाको कारण जर्मनीमा ६ हजार बढीको मृत्यु भईसकेको छ ।
कोरोनाकै कारण जर्मनीको छिमेकी देश नेदरल्यान्ड्स र फ्रान्सको शीर्ष डिभिजन लिग रद्द भईसकेको छ ।
तर, बुन्डेस लिगा यसै महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ । लिग सुचारुको सम्भावित मिति मे १५ लाई हेरिएको छ ।
पछिल्लो समय खेलाडीमा कोरोनाको संक्रमण देखिएसँगै लिग सुचारु भने थप संकटमा परेको छ । बुन्डेस लिगाका खेलाडी र अफिसियल गरि एक दर्जनमा कोरोना पुस्टि भई सकेको छ ।
यस सिजन वायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ । वायर्नले ५५ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्ड ५१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।