बिहिबार, १४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फामा कर्माका दुई वर्ष – अलपत्र एजेण्डा !

सोमबार, २२ बैशाख २०७७हिम बिक्रम केसी
एन्फामा कर्माका दुई वर्ष – अलपत्र एजेण्डा !

एन्फा निर्वाचनमा अध्यक्षमा विजयी बनेपछि कर्माछिरिङ शेर्पा । फाईल फोटो

Loading ad...
mustang rice ad

काठमाडौं । फुटबल ९० मिनेको खेल हो भने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पहिलो हाफको खेल सकाएका छन् ।

फुटबल राजनीतिमा कर्मा नयाँ अनुहार हैनन् । नेतृत्वमा दुई बर्ष अघि मात्र पुगेपनि फुटबल राजनीतिमा उनको पृष्ठभूमी लामै छ । गणेश थापाको दुई दशकको फुटबल राजनीतिलाई किनारा लगाउँदै उनी एन्फा नेतृत्वमा स्थपित भएका हुन् ।

उनी खेलाडी हैनन्, न त फुटबल प्राविधिकनै हुन् । हिमालयन शेर्पा क्लबको सञ्चालकको रुपमा उनले फुटबलमा आफ्नो पहिचान स्थापित गरे । एक हिसाबले उनी आफुलाई राम्रो ब्यवस्थापक भएको दाबी गर्छन् । तर उनकाे पछिल्ला दुई बर्षको कार्यकालको समिक्षा गर्दा कर्मा मैदान भित्र र बाहिर फुटबल व्यवस्थापनमै संघर्षरत देखिएका छन् ।?

फुटबलको आमूल परिवर्तन उनका एजेण्डा हुन् । सुशासन, पारदर्शीता र सामुहिक नेतृत्व उनले दिएका नारा हुन् । दुई वर्ष अघिसम्म उनी प्रश्न गर्ने ठाउँमा थिए, आज जवाफ दिने ठाउँमा छन् । तर ईमान्दारपुर्वक भन्न पर्दा उनको जवाफले कसैलाई सन्तुष्ट पारेकाे छैन ।

नेपाली फुटबलको मुल संरचना कस्तो हुने, चरित्र कस्तो बोक्ने र नतिजा कस्तो ल्याउने स्पष्ट चित्र उनले देखाउन सकेका छैनन् । दुई बर्षमा नेतृत्वबाट नतिजा खोज्नु न्यायोचित नहोला तर प्रारम्भिक बर्षमा उनले कम्तिमा फुटबल विकासको जग खडा गरिसक्नुपर्ने हो, धेरैले यही भन्छन् ।

नेतृत्वमा आएपछि कर्माले राष्ट्रिय टिमको प्रर्दशन र नतिजालाई प्राथमिकतामा राखेको देखिन्छ । मैदान भित्र नतिजा निकाल्न उनले पुरुष र महिला टिमलाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलसंगै विभिन्न प्रतियोगितामा सहभागी गराएका छन् । पुुरुष टिमंसंगै महिला टिमले समेत अन्तराष्ट्रिय खेलमा धेरै अनुभव बटुल्न पाएका छन् । दुवै टिमले नतिजाका हिसाबले उच्चतम सफलता प्राप्त गर्न नसकेपनि निराश बनाएका छैनन् ।

तर एन्फा नेतृत्वले सञ्चालन गरेको घरेलु लिगको संरचनाबाट फुटबलसंग सरोकार राख्ने निकाय निराश छन् । लिग फुटबललाई कुनैपनि देशको फुटबल विकासको मेरुदण्ड मानिन्छन् । तर घरेलु फुटबलको चित्र हेर्दा नेपाली फुटबल कतै नपुग्ने स्पष्ट देखिन्छ । पछिल्ला दुई बर्ष प्रयोग गरिएका पुरानै ढाँचाकाे फुटबल हेर्दा नेतृत्वसंग धेरै प्रश्न उब्जिएका छन् ।

तीन महिने लिगको सबै भन्दा ठुलो असर खेलाडीले ब्यहोरेका छन् । अधिकांश क्लब तीन महिना लिगलाई लक्षित गर्दै खेलाडीसग सम्झौता गर्छन् । बाँकी समय अधिकांश खेलाडी बेरोजगार बन्छन् । केही ठुला क्लब बर्षभरी खेलाडीसंग अनुबन्ध गर्छन् तर प्रतियोगिता नहुने समय खेलाडीलाई पैसा दिदैनन् ।

जब खेलाडीले वर्षभरी खेल्न पाउँदैन्, अझ भनौ वर्षभरी तलब पाउँदैन भने न फुटबलको श्रीवृद्धि सम्भव छ, न खेलाडीको भविष्य सुनिश्चित बन्छ । स्रोत व्यवस्थापनमा क्लबलाई सबल बनाउँदै वर्षभरी खेलाडीको रोजीरोटीको ग्यारेन्टी गर्नु एन्फा नेतृत्वको पहिलो जिम्मेवारी हो । कर्मा प्रारम्भिक रुपमा यसैमा चुकेका छन् ।

हरेक खेलका नायक भनेकै खेलाडी हुन् । कर्माले सुरुवाती दुई वर्ष नेतृत्वकाे हिसाबले दिएकाे परिक्षाको नतिजा खेलाडीको अनुहारमा सजिलै हेर्न सक्छन्। के उनी सन्तुष्ट हाेलान् ?

अर्को बिषय नेपालका अधिकांश क्लब समुदाय स्तरबाट सञ्चालित छन् । अधिकांश क्लबको चन्दा मुख्य आय श्रोत हो भने तीन महिना लिग खेल्नु उनीहरुको दायित्व हो । शीर्ष डिभिजनकै क्लब तीन महिना लिग खेलेर दायित्व पुरा गर्छन् भने नेपाली फुटबलबाट अरु थोकको आश गर्नु बेकार छ । एन्फा कम्प्लेक्समा कसैले गएर ताला ठोकिदिए हुन्छ ।

त्यसो भए क्लबलाई कसरी वर्षभरी व्यस्त राख्ने ? क्लबलाई कसरी खेलाडी उत्पादन र व्यवस्थापनसंग जोड्ने ? एउटा खेलाडीले वर्षभरी खेल्न पाउन के गर्नपर्छ ? नेतृत्वले यत्ति प्रश्नको जवाफ दिए पुग्छ ।

घरेलु फुटबल क्लबहरुलाई नीजिकरणमा लैजाने वा समुदायमै आधारित व्यवसायीकरणको नयाँ मोडेल सिर्जना गर्ने ? नेतृत्वको प्रष्ट योजना आउन जरुरी छ । उपत्यका बाहिरको फुटबललाई मुलधारको खेलकुदसंग जोड्ने सेतु नेतृत्वले सबैलाई बुझाउन जरुरी छ । तर तमाम बिषय वर्तमान नेतृत्व अलमल जस्तै देखिन्छ । सिंगो कार्यसमिति पंगु बनेको छ ।

प्रश्न नेतृत्वसंग मात्र हैन, सिंगो कार्यसमितिमाथि तेर्सिएको छ । अब भने एन्फा नेतृत्वले प्रष्ट रुपमा बोल्न आवश्यक छ, फुटबल विकासको नतिजामुखी योजना प्रस्तुत गर्न आवश्यक छ किनकी कार्यान्वयन चरणमा जान ढिलाई भईसकेको छ ।

अर्को मुख्य बिषय एन्फाभित्र अध्यक्ष कर्माको ठुलो उर्जा पदाधिकारी व्यवस्थापनमै खर्च भएको देखिन्छ । हुन न निर्वाचनमा परिवर्तनकारी शक्तिले 'क्लिन स्विप' गरेको थियो । कर्मा पक्षधर सबैले निर्वाचनमा जित निकालेका थिए । तर एन्फाको मुल नेतृत्व परिवर्तन भएपनि चरित्र पुरानै छ ।

एन्फा कम्प्लेक्सको वरपर जति पदाधिकारी भेटिन्छन्, उनीहरूले फुटबल विकास बाहेक सबै काम जानेका छन् । फर्जी बिल पास गराउन र विदेश भ्रमणकाे लाेभ बाहेक अधिकांश पदाधिकारीको दिमागमा केही भेटिदैन ।

फुटबललाई ‘बटरदेखि ब्रेड’ बनाउनेको बोलावाल एन्फामा कायम छ । फुटबल बदल्ने लक्ष्य सहित एन्फा छिरेका कर्मालाई स्वार्थ समुहका दुई तिहाई अहिले बोझ बनेको छ ।

कर्मचारीदेखि आर्थिक नियमावली कार्यान्वयनमा ल्याएर कर्माले एन्फालाई संस्थागत रुपमा अघि बढाउन नखोजेका हैनन् तर निर्णय प्रक्रियामा नेतृत्वले सही अडान लिन नसक्दा कर्मा स्वार्थ समूहको गोटी बन्ने खतरा उत्तिकै छ । 

व्यक्तिगत रुपमा कर्मा आफै आर्थिक रुपमा सफा र फुटबल विकासमा प्रतिबद्ध छन् । तर एन्फाभित्र बलदेखि महल बनाउदाँ कमिसनमा लिप्त पदाधिकारीले कार्यशैली र चरित्रलाई सुधार गर्न नसक्दा फुटबल उनकै असक्षमताको बन्दी बन्ने खतरा टट्कारो देखिन्छ ।

फुटबलको नक्शा बदल्ने उद्घोष सहित एन्फा नेतृत्वमा उक्लिएका कर्माका सुरुवाती दुई बर्ष सुखद रहेन । बहुसंख्य लोभीपापी र अवसरवादीको हुल बोकेर एन्फा कम्प्लेक्स छिरेका कर्मा आफ्नै सहकर्मीका अनुचित दबाब र व्यवहारबाट गलेको देखिन्छन् । पारदर्शीता, सुशासन र व्यवसायीकरणको नारा बाेकेका उनी फुटबल राजनीतिमा रक्षात्मक अवस्थामा आईपुगेका छन् ।

नेतृत्वको हिसाबले उनले एन्फामा फरवार्डको भूमिका खेल्नुपर्ने हो । तर एन्फाभित्रका स्वार्थ समूह निर्णय प्रक्रियामा हाबी बन्दा उनी डिफेन्डरको पोजिसनमा खस्किएका छन् ।

निर्धारित ९० मिनेटको खेलमा उनलाई दोस्रो हाफको समय प्राप्त छ । पहिलो हाफमा गरेका गल्ती सुधार्ने मौका छ । रणनीति बदल्दै फेरी एक पटक खेलमा फर्कने अवसर बाँकी देखिन्छ ।

दोस्रो हाफमा कर्माले गर्ने प्रर्दशनले उनको फुटबल राजनीतिको भविष्य निर्धारण गर्ला !

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !