वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी
शुक्रबार, कार्तिक २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। मेजर लिग सकर (एमएलएस) को जारी सिजनमा सर्वाधिक गोलकर्ता भएर ‘गोल्डेन बुट’ जितेपछि लिओनल मेसीले फेरि अर्को उपलब्धि हात पारेका छन्।
इन्टर मियामीका यी अर्जेन्टिनी सुपरस्टार लगातार दोस्रो पटक एमएलएसको वर्षको उत्कृष्ट ११ खेलाडीमा छनोट भएका छन्। मेसीले यो सम्मान यस्तो सिजनमा पाएका हुन्, जसमा उनले एमएलएस इतिहासमा एक सिजनमै दोस्रो सर्वाधिक गोलमा योगदान दिएका छन्।
उनले गोल र असिस्ट दुवै विभागमा शीर्ष स्थानमा रहँदै ३८ वर्षको उमेरमा यो कीर्तिमान बनाएका हुन्। एमएलएसको उत्कृष्ट ११ मा नौवटा क्लबका खेलाडी परेका छन्। यसमा ६ जनाले पहिलो पटक स्थान बनाएका हुन्।












