अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

काठमाडौं। नेपालको सर्वोच्च फुटबल प्रतियोगिता ‘ए’ डिभिजन लिग चार वर्षपछि मात्रै हुने निर्णय भएको छ। त्यसको पुनःसञ्चालनको कुनै निश्चित योजना अझै सार्वजनिक नभएपछि अब खेलाडीहरूले आफैं सडकमा उत्रिन बाध्य भएका छन्।
फुटबल खेलाडी संघले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स अगाडि धर्ना दिँदै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एक हप्ताको अल्टिमेटम दिएको छ। संघका अध्यक्ष बिक्रम लामाले पटकपटकको ध्यानकर्षण नसुनेको भन्दै अबको एक साताभित्र लिगको सुनिश्चितता नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिए।
‘नेपाल फुटबल संघलाई हामी आज प्राइम प्रस्तावना दिन चाहन्छु। अबको एक हप्ता भित्र लिग निरन्तर रूपमा सञ्चालन गर्ने खाका तयार पार्दैन भने यो भन्दा सशक्त रुपमा हाम्रो उपस्थिति हुन्छौं,’ उनले भने।
धर्ना स्थलमा फुटबलरहरू हातमा प्लेकार्ड लिएरले बिक्रमसहित पूर्वडिफेन्डर विराज महर्जन, विकेश कुथु, विशाल श्रेष्ठ, अञ्जन विष्ट र रोहित चन्दलगायत खेलाडीले एन्फाविरुद्ध नारावाजी गरेका थिए। तर, त्यहीबेला एन्फाका शीर्ष पदाधिकारीहरू भने अनुपस्थित थिए।
प्रवक्ता सुरेश शाहका अनुसार अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई फरक कार्यक्रमहरूमा व्यस्त थिए।
चार वर्षसम्म लिग ठप्प हुने अवस्था
नेपालमा पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिजन लिग सम्पन्न भएको थियो। उक्त लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता देशको सर्वोच्च फुटबल प्रतियोगिता स्थगित रहँदा धेरै खेलाडी बेरोजगार भएका छन्। केही विदेशिएका छन्, कतिपयले करिअर परिवर्तन गरेका छन्।
एन्फाले भने हाल ‘राष्ट्रिय लिग’ नामक पूरानो संरचनाको लिग गर्ने मिति घोषणा गरेको छ। यो लिगमा गत संस्करणका ६ क्लबले मात्रै सहभागिता जनाउने छन्। यही प्रस्तावले खेलाडीहरूको असन्तोष झन बढाएको हो।
गत सोमबार एन्फा र क्लबहरूबीच ३ पुस २०८३ देखि लिग सुरु गर्ने सहमति भएको भए पनि त्यसको औपचारिक घोषणा अझै भएको छैन। अब खेलाडी संघले दिएको एक हप्ताको समयसीमा नाघेपछि के हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रीत छ।
बिक्रम आफूहरूको विनम्रता र धैर्यताको तोड्ने कोसिस गरे यसले निम्त्याउने अवस्थाबारे एन्फा आफैं जिम्मेवार हुनुपर्छ। ‘आउने जुन किसिमको अवस्थाहरू हुन्छ यी सम्पूर्ण अवस्थाको जिम्मेवार एन्फा हुन्छ,’ उनले भने।








-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)