मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स
बुधबार, ११ भाद्र २०८२अर्जुन काफ्ले

पथरी । मोरङ्गको पथरीमा बुधबारबाट एन्फा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स सुरु भएको छ ।
मोरङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सो तालिममा देशभरबाट २४ जना सहभागी रहेका छन् ।
पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको बुधबार भएको उदघाटन सत्रमा पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर देवीमाया काफ्ले, एन्फाका केन्दीय सदस्य दीपेन्द्र धिमाल, एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का लगायतले तालिमको आवश्यकता र महत्वबारे धारणा राखेका थिए ।
जिल्ला फुटबल संघ मोरङका अध्यक्ष संन्जिव बुढाथोकीको अध्यक्षतामा कोचिङ कोर्सको उदघाटन सत्र सम्पन्न भएको थियो ।
दुई हप्तासम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा नेपाली फुटवल टोलीका पूर्व खेलाडी तथा एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का रहने छन् ।









-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)