सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

काठमाडौं। ओपनर सन्दीप जोराको अर्धशतकका बाबजुद नेपालले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ।
शुक्रबार सम्पन्न खेलमा नेपाल १९ रनले पराजित भएको हो।
आफगानिस्तानले दिएको ११३ रन पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रन मात्रै बनाउन सक्यो।
नेपालका ओपनर सन्दीपले सर्वाधिक ५३ रन बनाए। १४ बल खेलेका उनले १ चौका र ८ छक्का प्रहार गरे।
अर्का ओपनर लोकेश बमले भने स्लो खेले। १० बलमा उनले १ छक्कासहित १० रन बनाए। राशिद खान ११ रनमा अविजित रहँदा मोहम्मद आदिल अन्सारी ११ र रुपेश शिंह १ रनमा अविजित रहे।
अफगानिस्तानका फरमानुल्लाह र इजाज अहमदले समान १ विकेट खसाले।
त्यसअघि मिसन रोड ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले सबै विकेट गुमाउँदै ११२ रन बनाएको थियो।
अफगानिस्तानका ओपनर करिम जनतले सर्वाधिक ३५ रन बनाए। १० बलमा उनले २ चौका र ४ छक्का प्रहार गरे।
अविजित रहेका फरमानुल्लाहले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए। कप्तान गुलाबदिन नैब २२ र सेदिकुल्लाह पचा १३ रनमा आउट भए।
नेपालका रशिद खानले सर्वाधिक ४ विकेट लिए। २ ओभरमा उनले २७ रन खर्चिए। लोकेश बमले १ विकेट लिए।












