एजेन्सी । नेदरल्यान्ड्स फुटबल टिमका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान अस्पताल भर्ना भएका छन् ।
छातीमा समस्या देखिएपछि रोनाल्ड आम्स्टडामको एक अस्पतालमा भर्ना भएका हुन् ।
नेदरल्यान्ड्स फुटबल एसोसियसनले उनको मुटुको समस्या देखिएको बताईएको छ । यस्तै उनी सोमबार अस्पतालबाट डिस्चार्ज हुने समेत जनाएको छ ।
साउथह्याम्पटन र एभर्टनका पूर्व प्रशिक्षक समेत रहेका रोनाल्ड सन् २०१८ बाट नेदरल्यान्ड्सका प्रशिक्षक रहेका छन् ।
बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका रोनाल्डले क्लबका लागि १ सय ९२ खेल खेलेका थिए ।
नेदरल्यान्ड्सका लागि रोनाल्डले ७८ खेलमा १४ गोल गरेका थिए ।