एजेन्सी । इटालीमा आयोजना हुने भनिएको युरोपियन रोड साईक्लिङ च्याम्पियनसिप एक वर्षका लागि स्थगित गरिएको छ ।
कोरोना भाईरसको महामारीको कारण आगामी सेप्टेम्बरमा तय भएको च्याम्पियनसिप स्थगित भएको हो ।
च्याम्पियनसिप सेप्टेम्बर ९ देखि १३ सम्म इटालीको ट्रेनटिनो प्रदेशमा हुने तय भएको थियो ।
तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै अर्को वर्षका लागि सारिएको आयोजक युरोपियन साईक्लिङ युनियनले जनाएको छ ।
युनियनले स्थगित च्याम्पियनसिप सन् २०२१ को सेप्टेम्बरमा आयोजना गर्ने जनाएको छ । आयोजकले सेप्टेम्बर १-५ अथवा ८-१२ मा गरिने जनाएको छ ।