हंगेरियन ग्राण्ड प्रिक्स दर्शकबिना हुने
शनिबार, बैशाख २०, २०७७खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
एजेन्सी । हंगेरीमा आयोजना हुने फर्मुला वानको प्रतियोगिता हंगेरियन ग्राण्ड प्रिक्स दर्शकबिना आयोजना गरिने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण यस वर्षको प्रतियोगिता दर्शकबिना आयोजना गरिने भएको हो ।
प्रतियोगिता अगष्टमा हुनेछ । अगष्टको २ मा आयोजनाको मिति तय भएपनि कोरोनाको कारण तालिका फेरवदल हुने बताईएको छ ।
हंगेरी सरकारले अगष्ट १५ सम्म ५०० भन्दा बढी भेला हुन् नपाउने नियम लागु गरेसँगै हंगेरियन ग्राण्ड प्रिक्स प्रभावित भएको हो ।
आयोजकले एक विज्ञप्ति निकाल्दै प्रतियोगिता दर्शकबिना हुने जनाएको छ । तर, आयोजकले टेलिभिजनबाट लाखौ दर्शकले प्रतियोगिता हेर्न सक्ने जनाएको छ ।
गत वर्ष हंगेरियन ग्राण्ड प्रिक्सको उपाधि लुइस ह्यामिल्टनले जितेका थिए ।










-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)
