• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
लकडाउनमा समेत फुटबल मैदानको निर्माण धमाधम
बिक्रम बुढा क्षेत्री
शनिबार, वैशाख २०, २०७७ बिक्रम बुढा क्षेत्री
लकडाउनमा समेत फुटबल मैदानको निर्माण धमाधम
तस्बिर- राखेप बाेर्ड सदस्य राजेश गुरुङकाे फेसबुक पेज ।

पोखरा । कोरोना भाइरसको संक्रमण फैलन नदिन पुरा देश लकडाउनको अवस्थामा छ । चैत ११ बाट लागू गरिएको लकडाउनले देशका अधिकांश विकास आयोजना ठप्प जस्तै छन् ।

तर, पोखरा रंगशाला भित्र थालिएको वैकल्पिक फुटबल मैदानको निर्माणले भने तिव्रता पाएको छ ।

संघीय सरकारको ९० लाख बजेटमा बनिरहेको सो मैदान निर्माणको काम अहिले जोडतोडले अघि बढिरहेको छ ।

निर्माणको करिब ८० प्रतिशत काम सकिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद समितिका इन्जिनियर प्रनिश ताम्राकारले खेलपाटीलाई बताए । मैदानमा अहिले दुबो लगाउने काम भइरहेको छ ।

‘संघीय सरकारले मैदानका लागि ९० लाख बजेट विनियोजन गरेको छ । करिब ८० प्रतिशत काम सकेका छौ ।’ उनले भने, ‘अहिले मैदान समथर बनाउने काम सकेर दुबो लगाउने कार्य भईरहेको छ ।’

मैदान निर्माणमा करिब ३० जना कर्मचारीले काम गरिरहेका ताम्राकारको भनाई छ । निर्माण कार्यमा संलग्न श्रमिकले कोरोनाको संक्रमणबाट बच्न मास्क, पन्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर काम गरिरहेको उनले बताए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अगाडीनै वैकल्पिक फुटबल मैदानको निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको थियो । तर प्रतियोगिता आयोजना लगायतका विविध कारणले निर्माण कार्य समयमै पुरा हुन सकेन । करिब तीन महिना अलपत्र परेको निर्माणको कामले लकडाउनको समयमा तिव्रता पाएको ताम्राकार बताउँछन् ।

एन्फा कास्कीको आन्तरिक विवाद, बजेट लगायतका समस्याले मैदान निर्माणको काम प्रभावित बनेको थियो ।

‘यसअघि निकासा भएको ३० लाख बजेट बराबरको काम एन्फा कास्कीका पदाधिकारी सम्मिलित समितिले गर्यो ।’ ईन्जिनियर ताम्राकारले थपे, ‘बजेट निकासामा समस्या भयो । एन्फा कास्कीको किचलोले समेत काम प्रभावित बन्यो ।’

एन्फा कास्कीका पूर्व सचिव सुदर्शन रन्जितका अनुसार २०६४ सालमा निर्माण कार्य सुरु गरिएपनि विविध कारणले मैदान बनाउने कार्य बिचमा रोकिएको हो ।

गण्डकी प्रदेशमा आयोजना हुने तय भएको नवौं राष्ट्रिय खेलकुदलाई ध्यानमा राखेर पुन निर्माण कार्य थालिएको रन्जित बताउँछन् ।

उनका अनुसार नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेलबाट उठेको टिकटको रकमले मैदान निर्माणको काम सुरु गरिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले गत बर्ष मैदान निर्माणमा ९० लाख रुपैयाँ विनियोजन गरे पनि एन्फा कास्कीको विवादले निर्माण कार्य अलपत्र बनेको थियो ।

मैदान निर्माण कार्यको नेतृत्व गरिरहेका राखेपका सदस्य राजेश गुरुङ मैदानमा सानो प्यारापिट जडान गर्ने योजना भएको बताउँछन् । उनले मैदानमा चेन्जिङ रुम र खानेपानीको व्यवस्था गर्ने योजना रहेको उल्लेख गर्दै सो प्रस्ताव राखेपमा राखेका सुनाउँछन् ।

‘मैदानमा चेन्जिङ रुम निर्माण र खानेपानीका लागि कुरा भइसकेको छ ।’ उनले भने, ‘मिनी प्यारापिट जडान गर्ने योजना बनाएका छौ । त्यसका लागि राखेप सदस्य सचिवसंग कुरा गर्दै छौं ।’

उनले मैदान निर्माणको काम मात्र नभएर १३ औं सागमा अलपत्र बनेका अन्य संरचनाको समेत मर्मत गरिरहेको बताए ।

‘सागमा अलपत्र बनेका पार्किङ, बाटो जस्ता संरचना पनि मर्मत गरिरहेका छौ ।’ उनले भने ।

१३ औं सागका अधिकांश खेल काठमाडौं र पोखरामा आयोजना गरिएको थियो । कुस्तीको एक खेलमात्र जनकपुरमा आयोजना गरिएको थियो ।

राखेप बोर्ड सदस्य गुरुङले सागमा भएका कमि कमजोरी सच्याउँदै फागुनमा हुने नवौं राष्ट्रिय खेलकुदलाई सफल बनाएर छाड्ने प्रतिबद्धता जनाए । कोरोनाको कहर सकिए लगत्तै नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने उल्लेख गरे ।

‘१३ औं सागमा हतारमा गर्यौं । बाध्यता पनि थियो,’ उनले भने, ‘केही कमजोरी रह्यो । त्यसबाट सिक्दै नवौं राष्ट्रिय खेलकुदमा गल्ती गर्ने छैनौ । कोरोना रोकिएपछि त्यसको तयारीलाई तिव्रता दिनेछौ ।’

नवौं राष्ट्रिय खेलकुदका लागि पौडी र सुटिङको मात्र संरचना निर्माण गर्न बाँकी रहेको सुनाउँदै उनले बाँकी संरचना पनि छिट्टै बनाइने उल्लेख गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP