एजेन्सी । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको सर्वाधिक मूल्यवान क्लब बनेको छ ।
बेलायतको युनिभर्सिटी अफ लिभरपुलले गरेको एक अध्ययन अनुसार टोटेनहम सर्वाधिक मुल्यवान क्लब बनेको हो ।
टोटेनहमले म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै शीर्ष स्थान हात पारेको हो ।
अध्ययन अनुसार टोटेनहमको मूल्य २.६ विलियन पाउण्ड रहेको छ । यस्तै सिटीको २.२ विलियन र युनाइटेडको २.१ विलियन रहेको छ ।
सर्वाधिक मूल्यवान क्लबको सूचीमा लिभरपुल चौंथो र आर्सनल पाँचौ स्थानमा रहेको छ । लिभरपुलको मूल्य १.६ विलियन र आर्सनलको १.४ विलियन रहेको छ ।
त्यस्तै चेल्सी, वुल्भ्स,न्युकासल, बर्नली र लेष्टर क्रमशः छैटौं देखि दशौँ स्थानमा रहेका छन् ।
