काठमाडौं । कोरोना भाईरसको कारण अमेरिकामा फ्रेन्ड्स क्लब कुपन्डोलका पूर्व खेलाडी महेश पन्थीको निधन भएको छ ।
ललितपुरको 'ए' डिभिजन क्लब फ्रेन्ड्सले सामाजिक संजाल फेसबुकबाट पूर्व खेलाडी पन्थीको निधन भएको जनाएको छ ।
क्लबका पूर्व उपाध्यक्ष समेत रहेका पन्थी अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा परिवारसँग बस्दै आएका थिए । उनको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।
फ्रेन्ड्सले उनको निधनमा गहिरो समवेदना प्रकट गरेको छ । क्लबले एक स्पोर्ट्स पर्सन गुमाएको समेत लेखेको छ ।
कोरोनाको कारण विश्वभर २ लाख मानिसको मृत्यु भईसकेको छ । नेपालमा कोरोनाले कसैको मृत्यु नभएपनि प्रवासमा भएका धेरै नेपालीको मृत्यु भईसकेको छ ।