एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको स्वास्थ्य विभागका प्रमुख मिचेल डि'हुगले कोरोना भाईरसको कारण स्थगित सम्पूर्ण फुटबल लिग रद्द गर्नु पर्ने बताएका छन् ।
कोरोनाको महामारीको कारण तत्काल लिग सुचारु गर्न कठिन रहेको बताउँदै मिचेलले लिग रद्द गरेर नयाँ सिजनको योजना बनाउनुपर्ने बताएका छन् ।
'मेरो प्रस्ताव यो छ कि अर्को हप्ताबाटको फुटबल प्रतिस्पर्धालाई बहिस्कार गर्नु पर्छ। नयाँ सिजन राम्रो गर्नका लागि तयारी गर्नुपर्छ,' बीबीसीसँग मिचेलले भनेका छन् ।

मिचेलले योजना र भाईरस निर्मुल नभएसम्म लिग सुचारु गरिए कोरोनाले दोस्रो पटक महामारीको रुप लिन सक्ने बताए । खेलाडीको स्वास्थ्य भन्दा फुटबल महत्वपूर्ण नभएको मिचेलको भनाई छ ।
'फुटबल जीवन भन्दा महत्वपूर्ण कुरा छैन,' यदि सुरक्षित तरिकाले सुचारु हुन्छ भने हामी खुसी हुनेछौँ,' टेलिग्राफसँग उनले भनेका छन् ।
कोरोनाको कारण विश्वमा चलिरहेको घरेलु लिग स्थगित गरिएको छ । युरोपको फ्रेन्च लिग वान, डच लिग र बेल्जियमको लिग भने रद्द भईसकेको छ ।
युरोपका ठुला लिगहरु भने मे महिनाबाट सुचारु गर्ने तयारी समेत गरिएको छ ।