एजेन्सी । लण्डन क्लब आर्सनलले मिडफिल्डर मेसुट ओजिललाई सम्झौता नविकरणको प्रस्ताव अघि सारेको छ ।
आर्सनलमा सर्वाधिक कमाई गर्ने खेलाडीको रुपमा रहेको ओजिललाई आर्सनलले सम्झौता नविकरणको प्रस्ताव गरेको हो ।
जर्मन खेलाडी ओजिलले आर्सनलमा साप्ताहिक ३ लाख ५० हजार डलर प्राप्त गर्दै आएका छन् ।
३१ बर्षिया खेलाडीको आर्सनलसंगको सम्झौता २० महिनामात्र बाँकी छ ।
विश्व विजेता टिम जर्मनीका ओजिलले प्रशिक्षक उनाई ईम्रीको प्राथमिकतामा पर्न छाडेपछि लण्डन क्लब छाड्ने मन बनाएका थिए । तर डिसेम्बरमा नयाँ प्रशिक्षक मिकेल अर्टेटाले आर्सनलको बागडोर सम्हालेपछि ओजिलले पुन आफ्नो स्थान प्राप्त गरेका थिए ।
अनिश्चित बनिरहेको ओजिलको भविष्य अगाडी आर्सनलले नयाँ प्रस्ताव अघि सारेको हो ।

ओजिल नयाँ सिजन टर्किस क्लब फेनरवाचसंग जोडिएका थिए । तर उनका प्रतिनिधि सोगुट एरकुटले ओजिलको नयाँ गन्तव्यको चर्चालाई अस्विकार गरेका थिए ।
'फुटबलको बिषय बुझ्न सकिन्न । हामी खेलाडीको सरुवाको बिषयमा कुनै अनुमान लगाउन सक्दैनौ ।' उनले भने ।
'म फेरी पनि भन्छु, आजिल आर्सनलमा खुसी छन् । उनीसंग अझै सम्झौता बाँकी छ ।' उनले भने, 'सम्झौता सकिने समयमा उनको भविष्यको बिषयमा भन्न सक्छु । तर अहिले भन्नलाई केही छैन ।'