एनटीएद्वारा ८५ परिवारलाई राहत

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न गरी ८५ परिवारलाई राहत वितरण गरेको छ ।
विभिन्न चरणमा गरी ८५ परिवारलाई राहत वितरण गरिएको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
खड्काले जनाए अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका वडा १, २, ४, ५, ६, ७ र ९, ललितपुर महानगरपालिकामा ४ परिवार तथा गोकर्णेश्वर नगरपालिकामा १ परिवारलाई राहत वितरण गरिएको हो ।
त्यस्तै एनटीएले कागेश्वरी मनोहरा नगरपालिका वडा १ र २ का स्वास्थ्य चौकी, थली प्रहरी चौकी र कागेश्वरी मनोहरा नगर प्रहरीमा स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको थियो । खड्काले राहत वितरणका क्रममा विना मास्क र पञ्जामा भेटिएका सुरक्षाकर्मीलाई पनि मास्क र पञ्जा उपलब्ध गराएका थिए ।
सबै मिलाएर कुल २ लाख ७ हजार रुपैयाँको राहत वितरण गरिएको खड्काले जानकारी दिए । स्वदेशी तथा विदेशी शुभचिन्तकको आर्थिक सहयोगमा राहत वितरण सम्भव भएको हो ।
सहयोगीहरुमा दिल गुरुङ (हङकङ), इश्वरमान वज्राचार्य, तिलक लामा, मन राई (युके), नन्दु विष्ट, श्रीकृष्ण खड्का, मधु सुधन (सार्प ट्राभल्स), रामप्रसाद पुडासैनी, रोशनी तामाङ, बल तामाङ, तारा राई, हर्क राई, मोहन विक, निराजन कुइकेल (अस्ट्रेलिया), सैलेन्द्र जोशी, कृष्णकुमार कार्की (मकाउ), उत्तम खड्का, चित्र शेरचन, गिरीबहादुर सुनार, केशवकुमार कार्की, मोहन डोटेल (चीन) र राम गिरी रहेका छन् । एनटीएको पनि आर्थिक सहयोग रहेको छ ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)


-1776931409919.jpeg&w=3840&q=75)




