मोटर रेसिङ लिजेण्ड मोसको निधन
आइतबार, ३० चैत्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । ब्रिटिस मोटर रेसिङ लिजेण्ड सर स्ट्रिलिङ मोसको निधन भएको छ ।
लामो समयबाट अस्वस्थ रहेका मोसको आइतबार ९० वर्षको उमेरमा निधन भएको हो ।
फर्मुला वानका महान खेलाडी मोस सन् २०१८ बाट सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिएनन् ।
त्यसअघि छातीको समस्याको कारण उनले १ सय ३४ दिन सिंगापुरको अस्पतालमा बिताएका थिए ।
मर्सिडिजका राईडरले विश्व च्याम्पियनसिप भने जितेका थिएनन् ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)


-1776931409919.jpeg&w=3840&q=75)




