काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत सुटिङमा नेपालको चुनौती समाप्त भएको छ ।
नेपालबाट एक पुरुष र दुई महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एयर राइफलमा भाग लिएका थिए । उक्त स्पर्धा ६ सय ५४ पूर्णाङ्कको थियो । सुशेले ५ सय ८१ को प्रदर्शन गरे । ४४ जना सहभागीमा सुशे ४२ औं स्थानमा रहे ।
त्यस्तै कल्पनाले ५९४.८ र सुस्मिताले ५८७.१ अंक जोडे । ४८ खेलाडी सहभागी यो स्पर्धामा कल्पनाले ४५ औं र सुस्मिताले ४६ औं स्थान हात पारे ।