एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डाईकले बार्सिलोनाका कप्तान लियोनल मेस्सी आफ्नो लागि कठिन प्रतिद्वन्द्वी भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा एक समर्थकले सोधेको प्रश्नमा लिभरपुलका स्टार डाईकले आफुले सामना गरेको मध्ये मेस्सी कठिन प्रतिद्वन्द्वी भएका बताएका हुन् ।
'त्यहाँ धेरै कठिन स्ट्राइकरहरु छन् तर सम्भवत लियो मेस्सी,' डच डिफेन्डर डाईकले भनेका छन् ।
डाईकले गत सिजन च्याम्पियन्स लिगको खेल दौरान ६ पटकको बालोन डी'ओर विजेता मेस्सीको सामना गरेका थिए ।
तर,लिभरपुलले सेमिफाइनलमा बार्सिलोनालाई हराएर फाइनल यात्रा तय गरेको थियो । गत सिजन लिभरपुलले टोटेनहमलाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।