एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलका शीर्ष चार क्लबले कोरोना भाईरसबाट प्रभावित अन्य साना क्लबलाई आर्थिक सहयोग गर्ने भएका छन् ।
वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लिपजिग र बायर लिभरकुसेनले अन्य क्लबलाई आर्थिक सहयोग गर्ने भएका हुन् ।
जसका लागि चार क्लबले २० मिलियन युरोको कोष स्थापना गरेका छन् । कोरोनाको कारण साना क्लबको वित्तीय संकटलाई रोक्न कोष स्थापना गरिएको हो ।
कोषमा १५.५ मिलियन क्लबले राष्ट्रिय मिडियाबाट प्राप्त आम्दानी र बाँकी ७.५ मिलियन रकम आफ्नै कोषबाट दिएको हो ।
उक्त कोषको रकम जर्मन फुटबल लिगले शीर्ष डिभिजन र दोस्रो डिभिजनका क्लबलाई आवश्यकता अनुसार प्रदान गर्नेछ ।
कोरोनाको कारण जर्मनको शीर्ष डिभिजनसहित अन्य फुटबल गतिविधि अप्रिल ३० सम्म स्थगित गरिएको छ ।