एजेन्सी । बंगलादेश प्रिमियर लिग फुटबल मार्च अन्तिम सातासम्मको लागि स्थगित भएको छ ।
बंगलादेश फुटबल फेडेरेसनको फुटबल लिग कमिटिको बैठकले लिग मार्च ३१ गतेसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गर्दै लिग स्थगित गरिएको फेडेरेसनले जनाएको छ ।
लिगको छैटौं चरणको खेलहरु सकिएपछि लिग करिब दुई साताको लागि स्थगित गरिएको हो ।