कोपा अमेरिका एक वर्ष सर्यो !
२०२० मार्च १७, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । सन् २०२० मा आयोजना हुने कोपा अमेरिका फुटबल एक वर्ष पछि सरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर कोपा अमेरिका सन् २०२१ सम्मको लागि सारिएको साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले जनाएको छ ।
अर्जेन्टिना र कोलम्बियामा हुने कोपा अमेरिका १२ जुन देखि १२ जुलाईसम्म आयोजना हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण कोपा एक वर्ष सारिएको हो ।
कोपाको नयाँ मिति भने आएको छैन ।