एजेन्सी । च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल एक महिना सरेको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल सरेको हो ।
आगामी मे महिनामा तय भएको च्याम्पियन्स लिग र युरोपाको फाइनल जुनमा हुनेछ । युईएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ र युरोपाको जुन २४ मा हुने जनाएको छ ।
यस अघि च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपाको फाइनल मे २७ मा हुने तय भएको थियो ।
चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप फुटबल समेत एक वर्ष सरेको छ ।
यस्तै च्याम्पियन्स लिग र युरोपाको खेलहरु समेत स्थगित गरिसकेको छ ।