एजेन्सी । सन् २०२० को युरोकप फुटबल एक वर्ष पछि सरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर युरोकप सन् २०२१ सम्मको लागि सारिएको युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले जनाएको छ ।
युरोपको विभिन्न शहरमा आयोजना हुने युरोकप आगामी जुन १२ देखि जुलाई १२ सम्म हुने तालिका रहेको थियो ।
अब युरोकप सन् २०२१ को जुन ११ बाट जुलाई ११ सम्म हुने बताईएको छ ।
चीनबाट सुरु भएको कोरोना युरोपमा महामारीको रुपमा फैलिएपछि युईएफएले मंगलबार आकस्मिक बैठक बोलाएको थियो । बैठकले युरोकप एक वर्ष सार्ने निर्णय गरेको हो ।