एजेन्सी । कोरोना भाईरस संक्रमणको आशंकामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बोरुसिया डर्टमण्डसँगको खेलअघि एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको हो । तर, उनको कोरोना भाईरस नेगेटिभ देखिएको बताईएको छ ।
रुघाखोकी र ज्वरो आएपछि एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको हो । उनी पीएसजीको अभ्यासमा समेत सहभागी भएनन् ।
पीएसजीले घरेलु मैदानमा बुधबार राति डर्टमण्डसँग खेल्दैछ । तर, कोरोनाको कारण खेल दर्शकबिना हुनेछ । पहिलो लेगमा पीएसजी २-१ ले पछि रहेको छ ।
यस सिजन एमबाप्पेले सबै प्रतियोगिताको ३२ खेलमा ३० गोल गरिसकेका छन् ।