साइपाल बास्केटबल भोलिदेखि
शुक्रबार, ०१ असार २०७५खेलपाटी संवाददाता
काठमाडौं । साइपाल एकेडेमीको आयोजनामा पाँचौं साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।
प्रतियोगिताअन्तर्गत ब्वाइजमा ४८ र गल्र्समा २४ टिमको सहभागिता रहने साइपालका प्रिन्सिपल सुमन नगरकोटीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगिताको ब्वाइज र गल्र्समा ‘मोस्ट भेलुएबल प्लेयर’ बन्ने खेलाडीलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रतियोगिता संयोजक विनोद क्षेत्रीले बताए ।
ब्वाइजमा ग्रेट माया र गल्र्समा लुम्बिनी डिफेन्डिङ च्याम्पियन हुन् । आइतबारसम्म चल्ने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित साइपालकै कोर्टमा खेलाइने छ ।








-1764846408866.jpg&w=3840&q=75)





-1764813103863.webp&w=3840&q=75)
-1764812815251.webp&w=3840&q=75)