एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुवरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
ला लिगाले बिहिबार मेस्सीलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
मेस्सीले फेब्रुवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
मेस्सीले फेब्रुवरीमा ४ गोल गर्नुका साथै ६ गोलको लागि पास उपलब्ध गराउन सफल भएका थिए ।
यस सिजन लिगमा बार्सिलोना दोस्रो स्थानमा रहेको छ । एल क्लासिको भिडन्तमा रियलसँग २-० ले पराजित भएपछि बार्सिलोना दोस्रो स्थानाम झरेको हो ।
