• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्यान भन्छ - 'चुप लागेर बस्दैनौं, समिक्षा गर्छौं'
विश्वास थापा
शुक्रबार, फागुन २३, २०७६ विश्वास थापा
क्यान भन्छ - 'चुप लागेर बस्दैनौं, समिक्षा गर्छौं'

काठमाडौं । पछिलो समय नेपाल क्रिकेटले टी-ट्वान्टीमा निरन्तर खराब प्रदर्शन गर्दै आइरहेको छ ।

सन् २०२० को टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा कमजोर राष्ट्र कतार र सिंगापुरसँग पराजित हुँदा ग्लोबल छनोटबाट बन्चित बनेको थियो ।

यस्तै सिंगापुर र ओमानमा भएको सिरिजमा नेपालले मिश्रीत नतिजा निकाल्यो । घरेलु भूमिमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले कास्य पदक हात पार्यो । उपाधि लक्ष्य रहेको प्रतियोगितामा नेपालले आफु भन्दा निकै कमजोर राष्ट्रलाई मात्रा पराजित गरेको थियो ।

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा नेपालले सोचे अनुरुप प्रदर्शन गर्न सकेन । उपाधि लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाली टोली २ खेलमा पराजित हुँदा लक्ष्यबाट टाढियो र एसिया कप छनोटमा समेत स्थान बनाउन सकेन ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा शीर्ष दुई राष्ट्रले एसिया कप छनोटमा स्थान बनाउने समीकरणमा नेपाल १ जित निकाल्दा अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रह्यो ।

लगातार खस्किँदो प्रदर्शन देखाएको नेपालको भविष्यमाथि ठुलो प्रश्न चिन्न खडा भएको छ । कुनै समय टी-ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै हाई हाई पाएको नेपाली टिमलाई निरन्तर खस्किएको प्रदर्शनपछि समर्थकले समेत विभिन्न आरोप लगाउन थालेका छन् ।

यसै विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) समेत निकै चिन्तित बनेको छ । नेपाली टिमको खराब प्रदर्शन रोक्न क्यानले नयाँ कदम चाल्ने भएको छ ।

मुख्यतया नेपाल क्रिकेट चुक्नुको कारण खोज्दै समाधानको लागि नयाँ कदम उठाउने तयारी भईरहेको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

'आउने केहि हप्ता भित्र क्रिकेट खेलाडी, क्यान पधाधिकारी र सरोकारवालासँग बसेर छलफल गर्ने छौं,' अध्यक्ष चन्दले खेलपाटीसँग भने, 'प्रदर्शन खस्किँदा हामी चुप लाग्नेवाला छैनौं । अहिलेसम्म भएको खेलको समिक्षा गर्दै त्यसको सहि कदम चाल्ने छौं ।'

यस्तै इस्टर्न रिजनको नतिजाबारे समेत क्यानले छुट्टै समिक्षा गर्नेछ । नेपाली टिम फर्किएपछी टिम म्यानेजरको रिपोर्ट बुझ्दै क्यानले थप कदम चाल्ने चन्दले जानकारी गराए ।

थाइल्याण्डबाट नेपाली टिम शनिबार दिउँसो नेपाल आइपुग्ने छ ।

हालै मात्र भारतीय मूलका मुख्य प्रशिक्षक उमेस पटवाकले प्रशिक्षणबाट राजिनामा दिएका थिए । फलस्वरूप नेपालले अन्तरिम प्रशिक्षक जगत टमटाले इस्टर्न रिजनको लागि जिम्मेवारी दिइएको थियो ।

यस्तै नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ प्रशिक्षकको खोजी समेत गर्दै आइरहेको छ । प्रतिस्पर्धात्मक प्रतियोगिता नभएको भन्दै आरामले प्रशिक्षक खोजी गर्दै आएको क्यानलाई अब दबाब बढेको छ ।

आउने महिना नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिजमा स्कटल्याण्ड र नामिबियासँग खेल्दै छ । त्यस बाहेक नेपालले नामिबिया भ्रमणमा टी ट्वान्टी सिरिज खेल्ने बलियो सम्भावना समेत रहेको छ ।

विश्वकप छनोटको पहिलो चरणको रुपमा रहेको लिग-२ नेपालको लागि निकै महत्पूर्ण रहेको छ । ७ राष्ट्रले ३६ एक दिवसीय अन्तराष्ट्रिय खेल खेलिने प्रतियोगितामा शिर्ष ३ राष्ट्रले सिधै विश्वकप छनोटमा स्थान बनाउने छन् ।

तर, नेपालले पछिल्लो समय कुनै प्रतियोगितामा पनि स्थिर प्रदर्शन गर्न नसक्दा नेपाल क्रिकेटको भविष्य अन्योलमा देखिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP