• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अन्तिम खेल - प्रतिष्ठाको लडाई
खेलपाटी संवाददाता
बिहीबार, फागुन २२, २०७६ खेलपाटी संवाददाता
अन्तिम खेल - प्रतिष्ठाको लडाई

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) सिंगापुरको सामना गर्दैछ ।

बैंककमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान ८:१५ बजे सुरु हुनेछ ।

टेर्डथाई क्रिकेट मैदानमा नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । निकै लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई ठुलो चुनौती रहेको छ ।

एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराएर सिंगापुर अपराजित रहन्छ चाहन्छ ।

३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यसअघि सिंगापुरले मलेसिया, हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो । नेपाल भने थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो ।

हेड टु हेड -

नेपाल र सिंगापुर विभिन्न फर्म्याटको क्रिकेटमा ११ पटक भिडेका छन् । जसमा ३ खेल तीन दिवसीय, ४ टी-ट्वान्टी र ४ एकदिवसीय खेल रहेको छ ।

नेपालविरुद्ध सिंगापुरले २ टी-ट्वान्टी बाहेक अन्य खेलमा जित निकाल्न सकेको छैन ।

पहिलो पटक नेपाल र सिंगापुर सन् २००४ को एसीसी फास्ट ट्र्याक कन्ट्री प्रतियोगिताको तीन दिवसीय खेलमा भएको थियो ।

नेपालले पहिलो इनिङ्समा २ सय ६० र दोस्रो इनिङ्समा २ सय ३ रन बनाएको थियो । सिंगापुरले पहिलो इनिङ्समा २ सय २७ र दोस्रो इनिङ्समा विना कुनै विकेट ८७ रन बनाउँदा खेल बराबरी भएको थियो ।

सन् २००५ को सोही प्रतियोगितामा समेत दुई राष्ट्रले बराबरी खेलेका थिए । नेपालले दुई इनिङसमा दिएको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले अन्तिम दिनसम्म न लक्ष्य पूरा गर्यो न नेपालले अलआउट पार्यो ।

सन् २००६ को सोही प्रतियोगितामा भने नेपालले जित हात पारेकाे थियाे । पहिलो इनिङ्समा ९ विकेट गुमाएर ३ सय १३ बनाएको नेपालले दोस्रो इनिङ्समा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएकाे थियो । सिंगापुर पहिलो इनिङ्समा ९० तथा दोस्रो इनिङ्समा १ सय ९६ मा अलआउट हुँदा नेपाल २ सय ५ रनले विजयी भएको थियो ।

सन् २००९ को एसीसी टी-ट्वान्टी कपमा सिंगापुरले दिएको ९० रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गरेका थियाे ।

सन् २०१० को डिभिजन ५ मा नेपालले सिंगापुरलाई १६ रनले पराजित गरेकाे थियाे । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछयाएको सिंगापुर ४७ ओभर ५ बलमा १ सय ६४ रनमा समेटियो ।

सन् २०१२ को डिभिजन ४ मा नेपालले ५ विकेटले विजयी भएको थियो । सिंगापुरले दिएको १ सय १२ रनको सामान्य लक्ष्य नेपालले २४ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गरेकाे थियाे ।

सन् २०१४ को एसियन गेम्समा नेपालले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर २१ ओभर ४ बलमा मात्र ७३ रनमा समेटिएकाे थियो । जसमा नेपाल १ सय ९० रनले विजयी बनेकाे थियो ।

सन् २०१८ को एसिया कप छनोटमा नेपलले सिंगापुरले ४ विकेटले जित हात पारेकाे थियाे । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

सन् २०१८ मा नै नेपाल र सिंगापुर टी-ट्वान्टी विश्वकप एसिया पूर्वी क्षेत्रिय छनोटमा भेट भएको थियो ।

अन्तिम खेलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन बनाउँदा पानीले खेल प्रभावित भएको थियो ।

Image may contain: 2 people, people playing sports and outdoor

सन् २०१९ को आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा समेत दुई राष्ट्रको भेट भएको थियो । नेपाल माथि १५ वर्ष पछि सिंगापुर पहिलो पटक हाबी भएको थियो ।

दुवै राष्ट्रका लागि निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो ।

त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । पारस र ज्ञानेन्द्रपछि नेपालका दिपेन्द्र सिंह ऐरीले २३ तथा सोमपाल कामीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

त्यहिँ हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको थियो ।

सन् २०१९ मा सिंगापुरमा त्रिदिवसीय सिरिज खेल्न नेपाललाई आमन्त्रण गरेको थियो । पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले सहज जित निकाल्न सफल भएको थियो । कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपाल ९ विकेटले विजयी भएको थियो ।

यस्तै सिंगापुरविरुद्धको दोस्रो खेल भने खराब मौषमका कारण रद्द भएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP