एजेन्सी । इन्ग्लिश फरवार्ड ह्यारी केन अर्को महिनाबाट मैदान फर्कने भएका छन् ।
चोटका कारण लामो समय मैदान बाहिर रहेका केन अर्को महिनाबाट मैदान फर्कने भएका हुन् ।
टोटनहमका फरवार्ड केनले गत जनवरीबाट कुनैपनि खेल खेलेका छैनन् । जनवरी १ मा साउथह्याम्पटनविरुद्ध उनले ह्यामस्ट्रिङको चोट बोकेका थिए ।
केनले अर्को महिनाबाट मैदान फर्कन आफुले पुर्नस्थापनामा मेहेनत गरिरहेको बताएका छन् ।
'मैले पहिलो टिमसँग अभ्यास गरिरहेको छु । म बलियो हुँदै गईरहेको छु,' केनले भनेका छन्, 'म पुन: खेल्ने छु तर कुन खेलबाट भनेर भन्न सक्दिन । अप्रिलको मध्यबाट खेलमा फर्कनेमा विश्वस्त छु ।'
इंग्ल्यान्डका कप्तान समेत रहेका २६ वर्षे केन युरोकप अघि मैदान फर्कने भएका हुन् । युरोकपमा केन इंग्ल्यान्डको मुख्य खेलाडी हुन् । युरोकप जुन १२ बाट सुरु हुनेछ ।
सन् २०१८ को विश्वकपमा केनको उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो ।