काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार श्री कुमारी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार तेस्रो जित निकालेको हो ।
सातदोबाटोको जितमा दिनेश राईले निर्णायक गोल गरे । उनले १४ औं मिनेटमा एकल प्रयासमा गोल गरेका थिए ।
जितसँगै सातदोबाटोले ३ खेलमा ९ अंक जोडेको छ ।
यस अघि पहिलो खेलमा नयाँ बस्ती युथ क्लबलाई हराएको सातदोबाटोले दोस्रो खेलमा टुसाल युथ क्लबलाई हराएको थियो ।
श्री कुमारीको यो दोस्रो हार हो । तीन खेलमा श्री कुमारीले ३ अंक जोडेको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।