श्रीलंका भ्रमणमा इंग्ल्यान्डका खेलाडीले हात नमिलाउने !
मंगलबार, २० फाल्गुण २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको दुई टेष्ट सिरिजका लागि इंग्ल्यान्ड क्रिकेट टिमले श्रीलंका भ्रमण गर्दैछ ।
तर, श्रीलंका भ्रमण दौरान इंग्ल्यान्डका खेलाडीले विपक्षी खेलाडी,अएम्पायर लगायत अफिसियलसँग हात नमिलाउने भएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै इंग्ल्यान्डका खेलाडीले हात नमिलाउने निर्णय गरेका हुन् ।
इंग्ल्यान्डका कप्तान जोय रुटले कोरोना भाईरसबाट आफुहरु शतर्क रहेको कारण यस्तो निर्णय गरेको बताएका छन् । कप्तान रुट दक्षिण अफ्रिका भ्रमण दौरान फ्लुको कारण विरामी नै भएका थिए ।
इंग्ल्यान्डले श्रीलंकामा टेष्ट अघि दुई अभ्यास खेल खेल्नेछ ।
पहिलो टेष्ट १९ मार्च र दोस्रो टेष्ट २७ मार्चमा सुरु हुनेछ ।





-1776694761435.jpeg&w=3840&q=75)



-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)
