आईसीसी महिला वरियतामा नेपाल यथावत
सोमबार, १९ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिसद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत रहन सफल भए ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा पनि नेपाल १४ औं स्थानमै रहेको थियो ।
नयाँ वरियतामा नेपालले २० खेलमा १२९ रेटीङ अंक प्राप्त गरेको छ । नेपालले गत मंसिरमा घरेलु मैदानमा भएको १३ औं सागपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
महिला वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा न्युजिल्यान्ड र तेस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ । भारत चौंथो र वेष्ट इण्डिज पाँचौ स्थानमा छ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

