सेमिफाइनलमा कास्की र टाइम्स भिड्ने
फाइल तस्बिर
काठमाडौं । कास्की प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कास्की सेमिफाइनल पुग्ने अन्तिम टोली हो । कास्कीअघि आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स, टाइम्स र गोल्डेनगेटले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
कास्कीले प्रतिस्पर्धात्मक खेलमा सोलो बास्केटबल नेपाललाई ८४–८१ ले पराजित गर्यो । जितसंगै कास्की समूह ‘बी’ को उपविजेता भयो । पहिलो क्वाटरमा २६–१९ को अग्रता लिएको कास्की दोश्रोमा १४–१८ र तेश्रोमा २०–२४ ले पछि पर्यो । चौथो तथा अन्तिम क्वाटरमा कास्कीले २४–२० को अग्रता लिदै सेमिफाइनलमा स्थान निश्चित गर्यो । कास्कीको जितमा सागर विकले २१ अंक योगदान गरे । कास्कीकै राजेन्द्र पुन फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ घोषित भए ।
सेमिफाइनलमा कास्कीको भेट टाइम्ससंग हुने छ । अर्को सेमिफाइनल रोयल र गोल्डेनगेटबीच हुने छ । दुवै सेमिफाइनल सोमबार हुने छ ।









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
