शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. नेपाल टस जितेर फिल्डिङमा

नेपाल टस जितेर फिल्डिङमा

२०२० मार्च १, आइतबारखेलपाटी संवाददाता

नेपाल टस जितेर फिल्डिङमा

काठमाडौं । एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङबिरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

थाईल्याण्डको बैंंककमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली टिमले टिमको लाईन अपमा केही परिवर्तन गरेको छ । ओपनिङमा कप्तान ज्ञानेन्द्रसंग दिपेन्द्र सिंह ऐरी देखिएका छन् ।

यस्तै, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सरार्फलाई प्लेईङ सेटमा राखिएको छ ।

औसत बलिङ र कमजोर ब्याटिङको कारण नेपाल पहिलो खेलमा मलेसियासंग २२ रनले पराजित भएको थियो ।

हेड टू हेड

टी–ट्वान्टीमा मात्र दुवै टोली ८ पटक भिडेका छन् । जसमा नेपाल र हङकङले समान ४-४ पटक विजयी भएका छन् ।

पहिलो पटक नेपाल र हङकङबीच सन् २०१० को एसियन गेम्समा प्रतिस्पर्धा भएको थियो । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

जवाफमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ८५ रन बनाउन सक्यो र खेलमा ३० रनको हार व्यहोरेको थियो ।

दोस्रो भेट सन् २०१२ को आईसीसी विश्व टी–ट्वान्टी छनोटमा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको अर्धशतकीय इनिङमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

हङकङले जवाफमा ९ विकेट गुमाएर मात्र १ सय २ रन बनायो र नेपाल खेलमा २८ रनले विजयी भयो ।

सन् २०१३ को एसीसी टी–ट्वान्टी कपमा नेपाल हङकङसँग ६ विकेटले पराजित भयो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य हङकङले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

यस्तै सन् २०१३ को आईसीसी विश्व टी–ट्वान्टी छनोटमा पुन नेपालले हङकङ माथि विजयी हात पार्यो । हङकङले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

रोमाञ्चक खेलमा कप्तान पारसले ४६ रन बनाउँदा रन आउट भए भने ज्ञानेन्द्र मल्लले ३० तथा सागर पुनले २२ रनको योगदान गरे ।

सन् २०१४ को आईसीसी विश्व टी–ट्वान्टीमा पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा ऐतिहासिक जित हात पार्यो ।

नेपालले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हङकङ १७ ओभरमा ६९ रन बनाउँदा अल आउट भएको थियो ।

सन् २०१४ को श्रीलंका भ्रमण गरेको नेपाल र हङकङले ५ मैत्रीपूर्ण खेल खेल्ने तालिका भएपनि खराब मौषमका कारण मात्र एक खेलेको थियो । चौंथो खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पुरै विकेट गुमाएर मात्र ७२ रन बनायो ।

जवाफमा ब्याटिङ गरेको हङकङले १ बल बाँकी रहँदा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । चौंथो खेलमा २ विकेटको जित निकालेको हङकङले सिरिज १–० ले जितेको थियो ।

यस्तै आईसीसी विश्वकप टी–ट्वान्टी छनोट अन्तर्गत भएको खेलमा हङकङ ५ विकेटले विजयी भएको थियो । नेपालले दिएको १ सय १० रनको सामान्य लक्ष्य हङकङले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

पछिल्लो पटक नेपाल र हङकङले ओमानमा गत वर्ष भएको पाँच देशीय सिरिजमा खेलेका थिए । खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले बिनोद भण्डारीको अर्धशतकमा सहज जित निकालेको थियो ।

प्रतियोगितामा नेपाल सहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन् । रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

Bhat Bhateni
पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए