• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मलेसियाविरुद्ध सुखद नतिजाको आशा
खेलपाटी संवाददाता
शुक्रबार, फागुन १६, २०७६ खेलपाटी संवाददाता
मलेसियाविरुद्ध सुखद नतिजाको आशा

काठमाडौं । एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले भोली (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको बैंककमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ ।

यता, मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

त्यसैले नेपालले यस प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर आँकेको छैन ।

'टी-ट्वान्टी क्रिकेट हो । एक बलमा खेल बदलिन्छ । त्यसैले कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर लिने छैनौं,' कप्तान ज्ञानेन्द्र मल्लले थाइल्याण्ड जानु अघि भने, 'हाम्रो लक्ष्य उपाधि जित्ने नै हो ।'

हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

हेड टु हेड

हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ६ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासँग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले ३३ तथा परेश लोहनीले ३१ रन बनाए ।

नेपालले दिएको १ सय २२ को लक्ष्य पछ्याएको मलेसिया १८ ओभर ५ बलमा सय रनमा समेटिएको थियो । खेलका म्यान अफ द म्याच बसन्त रेग्मी घोषित भएका थिए ।

यस्तै दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी–ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले हारेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । नेपालका महबुब आलमले सर्वाधिक ३१ रन बनाएका थिए ।

यस्तै ज्ञानेन्द्र मल्लले २२ तथा परेश लोहनीले १९ र पारस खड्काले १० रनको योगदान गरेका थिए । १ सय १२ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

सन् २०१३ को एसीसी टी–ट्वान्टी कप नेपालले आयोजना गरेको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । नेपालका पारस खड्काले सर्वाधिक ८७ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा मलेसियाले ९ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । र, नेपाल १९ रनले विजयी भएको थियो ।

सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो ।

मलेसियाकै क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा सय रनमा समेटिएको थियो । नेपालका सन्दीप लामिछानेले ५ विकेट तथा सोमपाल कामीले ३ विकेट हात पारेका थिए ।

१ सय १ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पारस खड्काले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

नेपाल र मलेसियाबीच एसिया फाइनलको छनोट तयारीको रुपमा सिरिज खेलेका थिए । जसमा नेपालले एतिहासिक क्लिन स्विप गरेको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

नेपालको जितमा कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । नेपालको जितमा शरद भेषवाकरले अविजित १६ रन बनाएका थिए । यस्तै ओपनर प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । नेपालका लागि करण केसीले ३, बसन्त रेग्मी र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको थियो । नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सकेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका विनोदले नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाएका थिए ।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भएका थिए ।

सन् २०१९ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । खराब मौषमका कारण दुवै तर्फको खेल ९ ओभरमा घटाइएको थियो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतकीय इनिङ्स खेले । नियमित कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर रहेपछि मलेसियाविरुद्ध कप्तानी गरेका मल्लले २० बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक बनाए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP