डेविस तथा फेड कपमा नेपालका ६ खेलाडी
शुक्रबार, ०९ फाल्गुण २०७६खेलपाटी संवाददाता
काठमाडौं । आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।
फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष खेलाडीमा निहालजंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायश्थ तथा महिलामा रायना शाह, इशाश्री शाह र सिरिष्ता राई रहेका छन् । प्रशिक्षकमा कृष्णराज घले छन् । घले आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपका लागि जकार्ता मै छन् ।
पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघले जनाएका छन् ।
टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।







1686853912-1760864621059.avif&w=3840&q=75)


-1765627825694.jpeg&w=3840&q=75)




