जया र ऋत एकेडेमीलाई उपाधि
शुक्रबार, फागुन २, २०७६खेलपाटी संवाददाता
काठमाडौं । जया मल्टिीपल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टग अफ वारमा शुक्रबार च्याम्पियन बनेका छन् ।
जयाले ब्वाइज तथा ऋतले गर्ल्सको उपाधि जितेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको ब्वाइज फाइनलमा जयले गोल्डेनगेटलाई २–० ले पराजित गर्यो । काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको गर्ल्सको फाइनलमा ऋतले हिमालयलाई २–० ले हरायो ।
विजेतालाई हिसानका अध्यक्ष एवं राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, काठमाडौं हिसानका सचिव समेत रहेका नेपाल तान डोरी संघका अध्यक्ष भवानीप्रसाद पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नकआउट प्रतिस्पर्धामा ब्वाइजतर्फ १४ र गर्ल्समा ९ टिम सहभागी थिए ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)



