प्रेरणा र सलोनी सेमिफाइनलमा
बुधबार, माघ २२, २०७६खेलपाटी संवाददाता
काठमाडौं । नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडी काठमाडौं आईटीएफ जुनियर्स जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ अन्तर्गत गल्र्स डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा प्रेरणा र सलोनीको जोडीले भारतका गार्गी पवार र रुदया शाहको जोडीलाई ६–१, २–६ (११–९) को सेटमा पराजित गरे ।
त्यसै स्पर्धामा जापानका काइडे हतानो र रेना तानाका, सिंगापुरकी डिने छु र भारतकी रिया उबोभेजा तथा अस्ट्रलियाकी इनेस र चीनकी झिन्तोङ झावको जोडी पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए ।
ब्वाइज डबल्समा तथा ब्वाइज÷गल्र्स सिंगल्समा पनि सेमिफाइनल समीकरण तयार भएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)









