फेडेररलाई हराउँदै जोकोभिक फाइनलमा
बिहिबार, माघ १६, २०७६खेलपाटी संवाददाता

एजेन्सी। सर्बियन टेनिस स्टार नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा स्विस टेनिस स्टार रोजर फेडेररलाई हराएर जोकोभिक उपाधि नजिक पुगेका हुन् ।
दोस्रो वरियता जोकोभिकले तेस्रो वरियताका फेडेररलाई ७-६(७-१), ६-४ र ६-३ को सेटमा पराजित गरे ।
यससँगै जोकोभिक आठौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुग्न सफल भएका छन् ।







1686853912-1760864621059.avif&w=3840&q=75)









