हालेपलाई हराउँदै मुगुरुजा फाइनलमा
बिहिबार, १६ माघ २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस खेलाडी गार्बिन मुगुरुजा अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा सिमोना हालेपलाई पराजित गर्दै मुगुरुजा फाइनलमा पुगेकी हुन् ।
फाइनल पुग्ने क्रममा बिना वरियताकी मुगुरुजाले चौंथो वरियताकी हालेपलाई ७-६(१०-८) र ७-५ को सेटमा पराजित गरिन् ।
अब मुगुरुजाले उपाधिका लागि अमेरिकी खेलाडी सोफिया केनिनसँग खेल्ने छिन् ।

पहिलो सेमिफाइनलमा केनिनले विश्व नम्बर एक एस्लेइघ बार्टीलाई हराएर फाइनल पुगिसकेकी छिन् ।
१४ औं वरियताकी केनिनले बार्टीलाई ७-६ (८-६) र ७-५ को सेटमा पराजित गरिन्।







1686853912-1760864621059.avif&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)


