नाडाल अष्ट्रेलियन ओपनबाट बाहिर
बुधबार, १५ माघ २०७६खेलपाटी संवाददाता
एजेन्सी । विश्व नम्बर एक राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरिएका छन् ।
मेलबर्नमा बुधबार भएको क्वाटरफाइनलमा डोमिनिक थिमसँग पराजित हुँदै नाडाल प्रतियोगिताबाट बाहिरिएका हुन् ।
३३ वर्षे नाडाललाई पाँचौं वरियताका थिमले ७-६(७-३), ७-६(७-४), ४-६ र ७-६ (८-६) को सेटमा पराजित गरे ।
अब पाँचौं वरियताका थिमले जर्मनीका एलेक्जेन्डर जेभरेभसँग खेल्ने छन् ।
पहिलो क्वाटरफाइनलमा स्विस खेलाडी स्टानिलास वावरिन्कालाई १-६, ६-३,६-४ र ६-२ को सेटमा हराएर जेभरेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।







1686853912-1760864621059.avif&w=3840&q=75)
-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)

