जेभरेभ पहिलो पटक सेमिफाइनलमा
बुधबार, माघ १५, २०७६खेलपाटी संवाददाता

एजेन्सी । जर्मनीका एलेक्जेन्डर जेभरेभ पहिलो पटक अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बुधबार भएको क्वाटरफाइनलमा स्विस खेलाडी स्टानिलास वावरिन्कालाई हराएर जेभरेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
सातौं वरियताका जेभरेभले तीन पटकको ग्राण्डस्लाम च्याम्पियन वावरिन्कालाई १-६, ६-३,६-४ र ६-२ को सेटमा पराजित गरे । वावरिन्काविरुद्ध पहिलो सेट गुमाएपनि जेभरेभले उत्कृष्ट पुनरागमन गरेका थिए ।
यससँगै २२ वर्षे जेभरेभ पहिलोपटक ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
अब जेभरेभले सेमिफाइनलमा विश्व नम्बर एक राफायल नाडाल र डोमिनिक थिमबीचको विजेतासँग खेल्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)