रोमान्चक जित निकाल्दै फेडेरर सेमिफाइनलमा
मंगलबार, माघ १४, २०७६खेलपाटी संवाददाता

एजेन्सी। स्विस टेनिस स्टार रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा मंगलबार भएको रोमान्चक खेलमा अमेरिकाका टेनीज स्यान्डग्रेनलाई पराजित गर्दै फेडेरर अन्तिम चारमा पुगेका हुन् ।
तेस्रो वरियताका फेडेररले स्यान्डग्रेनलाई ६-३, २-६, २-६,७-६(१०-८) र ६-३ को सेटमा पराजित गरे ।
पहिलो सेट जितेका फेडेररले त्यसपछिका दुई सेट लगातार गुमाएका थिए । तर, चौंथो सेटमा रोमान्चक जित निकालेका फेडेररले अन्तिम सेटमा भने सहजै जित निकाले ।
यससँगै फेडेरर १५ औं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्न सफल भएका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)