कारोलिना अष्ट्रेलियन ओपनबाट बाहिरीइन्
शनिबार, माघ ११, २०७६खेलपाटी संवाददाता

एजेन्सी । दोस्रो वरियताकी कारोलोना प्लिसकोभा अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
मेलबर्नमा शनिबार रुसी खेलाडी अनास्टासिया पाभ्ल्युचेनकोभासँग पराजित हुँदै कारोलिना प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
३० औं वरियताकी कारोलिना अनास्टासियासँग ७-६ (७-४) र ७-६ (७-३) को सेटमा पराजित भईन् ।
अब अनास्टासियाले चौंथो चरणमा एन्जलिक केर्बरसँग खेल्ने छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)









