ओसाका अष्ट्रेलियन ओपनबाट बाहिरीईन
शुक्रबार, माघ १०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता नोआमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
मेलबर्नमा शुक्रबार भएको खेलमा अमेरिकाकी कोको गाउफसँग पराजित हुँदै ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
जापानकी ओसाकालाई १५ वर्षीय कोकोले ६-३ र ६-४ को सेटमा हराईन् ।
कोकोले अब चीनकी झाङ शुइ र अमेरिकाकी सोफिया केनिनबीचको विजेतासँग खेल्ने छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)









