जोकोभिक अष्ट्रेलियन ओपनको चौंथो चरणमा
शुक्रबार, माघ १०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणबाट प्रवेश गरेका छन् ।
मेलबर्नमा शुक्रबार भएको खेलमा योशिहितो निशिओकालाई पराजित गर्दै जोकोभिक चौंथो चरणमा पुगेका हुन् ।
जोकोभिकले निशिओकालाई ६-३,६-२ र ६-२ को सोझो सेटमा हराए ।
अब जोकोभिकले डिएगो स्वार्टम्यानसँग खेल्ने छन् । उनले डुसान लाजोभिकलाई पराजित गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)









